
एजेन्सी-अमेरीकामा भएको सडक दुर्घटनामा तिन नेपालीको ज्यान गएको छ ।
मंगलबार राती मिजुरी राज्यमा एक सवारी साधनले अर्को सवारी साधनलाई ठक्कर दिदा तिन नेपालीको ज्यान गएको हो । ट्राफिक सिंग्नलमा राक्ने क्रममा पछाडीबाट ठक्कर दिदा श्रद्धा खनाल ओझा उनका बाबु गोविन्द खनाल र आमा शान्ता खनालको ज्यान गएको र अन्य दुई जना भने घाइते भएको जोप्लिन प्रहरी निभागले बताएको छ ।
जोप्लिन प्रहरी विभागका अनुसार सवारी खनाल दम्पतीका ज्वाई प्रभास ओझाले चलाएका थिए भने छोरी श्रद्धा खनाल अगाडी बसेकी थिइन् ।गोपालको घटना स्थलमै ज्यान गएको र आमा र छोरीको उपचारको क्रममा अस्पतालमा ज्यान गएको जोप्लिन प्रहरी विभागका क्याप्टेन निकले सञ्ताचार माध्यमलाइ बताएका छन् । घाइते प्रभासको अवस्था स्थिर रहेको छ भने उनका चार वर्षिया छोराको अवस्था भने चिन्ताजनक रहेको प्रहरीले बताएको छ । हाल दुवैको उपचार भइरहेको छ ।
प्रहरीको अनुसार ओझाको परीवार ब्ल्यु स्प्रिङसमा बस्दै आएका थिए , भने खनाल दम्पति छोरीलाई भेट्न र घुम्न अमेरीका पुगेका थिए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ । पछाडी बाट ठक्कर दिने सवारी साधनको नाम भने घुलाइएको छैन ।एजेन्सी