
पोर्चुगल– पोर्चुगलमा ८ नेपालीमा एकैपटक कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।
पोर्चुगलको राजधानी लिस्बनमा एउटै फ्ल्याटमा बस्दै आएका उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
संक्रमितमध्ये एक गर्भवती महिलासमेत छिन् । सुरुमा एक जना संक्रमित भएको र पछि अरुमा संक्रमण फैलिएको बताइएको छ ।