
काठमाण्डु, २७ चैत– बहराइनमा थप १० नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै त्यहाँ संक्रमित नेपालीको संख्या २२ पुगेको छ । नेपाली दूतावास बहराइनका अनुसार केही समयअघि सल्माबादस्थित एक क्याम्पमा एक विदेशी नागरिकमा कोरोना संक्रमण देखिएपछि त्यहाँ कार्यरत ४ सय जनालाई क्वारेन्टाइनमा राखिएको थियो ।
तीमध्ये १० नेपालीमा परीक्षणका क्रममा कोरोना पुष्टि भएको दूतावासद्वारा जारी नोटमा उल्लेख छ । दूतावासले जारी गरेको सूचनामा बहराइनमा बुधबार अपराह्नसम्म संक्रमित हुनेको संख्या ३ सय ४९ छ ।
यस्तै कोरोनाबाट हालसम्म ५ जनाले ज्यान गुमाएका छन् । ४ सय ६७ जना भने उपचारपछि स्वास्थ्य लाभ गरेर घर फर्किएका छन् ।