
काठमाण्डु, १ असार– संयुक्त अरब इमिरेट्न (यूएई) बाट नेपाल आउने तयारीमा रहेका नेपाली निराश भएका छन् ।
युएईस्थित नेपाली दूतावासले अन्तिम समयमा आएर हवाई उडान रद्द भएको सूचना प्रकाशित गरेपछि घर फर्कन पाउने आशमा खुसी भएका नेपाली निराश भएका हुन् । यूएईबाट २ र ४ असारमा नेपाल एयरलाइन्समार्फत मजदुरको उद्दार गरिने तालिका तय भएको थियो ।
तर, दूतावासले आइतबार एक सूचना प्रकाशित गर्दै प्राविधिक कारणवश नेपाल एयरलाइन्सको चार्टर उडान हालका लागि स्थगित गरिएको जनाएपछि त्यहाँ रहेका नेपाली दुःखी र आक्रोशित भएका छन् ।