कोरोना संक्रमणबाट वर्ल्डलिंकका सञ्चालक जलानको मृत्यु

काठमाण्डु टुडे २०७८ वैशाख ३० गते १३:४६ मा प्रकाशित

काठमाण्डु, ३० वैशाख– इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको कोरोना संक्रमणका कारण बिहिबार निधन भएको छ ।

कम्पनीको संस्थापक समेत रहेका जलानको बिहिबार काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

करिब दुई साता अघि कोभिड–१९ को संक्रमणको आशंका भएपछि परिक्षण गराएका जलानको रिर्पोट पोजेटिभ आएपछि अस्पताल भर्ना भएका थिए । सोही उपचारकै क्रममा बिहिबार विहान उनको मृत्यु भएको हो । जलान हाल ४७ वर्ष उमेरका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us