
dGqL cfn];Fu /fhb”tsf] e]6jftf{
sf7df8f}F, @^ dªl;/ M
;+:s[lt, ko{6g tyf gful/s p88ogdGqL k|]daxfb’/ cfn];Fu cfOtaf/ dGqfnodf lzi6frf/ e]6jftf{ ub}{ ?jf08fsf u}/cfjf;Lo /fhb”t h]So’lngL d’sfªuL/f . tl:a/M ljdnaxfb’/ lji6÷/f;;
काठमाण्डु, २६ मंसिर– रुवाण्डाका गैरआवासीय राजदूत जेक्युलिनी मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच दुई पक्षीय हवाई उडानको सम्झौता गर्न प्रस्ताव राखेकी छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच अहिलेसम्म हवाई सम्झौता नभएकाले सम्झौताका लागि प्रस्ताव गरेकी हुन् ।
भेटका क्रममा राजदूत मुकाङ्गीराले नेपाल र रुवाण्डाबीच हवाई सम्झौता गरिए पर्यटन प्रवद्र्धनमा फाइदा हुने भएकाले उक्त सम्झौता गर्न आवश्यक रहेको बताइन् । उनले भनिन्- “रुवाण्डाका पर्यटक भित्र्याउनका लागि भए पनि नेपाल र रुवाण्डाबीच हवाई सम्झौता गर्न आवश्यक छ, यो सम्झौताले दुई देशको मित्रता पनि थप कायम हुनेछ ।” सोही भेटका क्रममा राजदूत मुकाङ्गीराले संस्कृति तथा पर्यटन क्षेत्रमा दुई पक्षीय सहयोग आदानप्रदान गर्न आग्रह गरिन् ।