
काठमाण्डु, ३ साउन– काठमाण्डु महानगरपालिकाले थप तीन वटा दमकल खरिद गरेर ल्याएको छ ।
निवर्तमान मेयर विद्यासुन्दर शाक्यकै पालामा सुरु भएको खरिद प्रक्रियाअनुसार महानगरमा तीन नयाँ दमकल आएको हो । पुरानै योजनाअनुसार किनिएको दमकल आइपुगेको महानगरले जनाएको छ ।
काठमाण्डु उपत्यकामा हुने आगलाजी नियन्त्रणका लागि दमकल अभाव भएको मन्दै महानगरले आफ्नै रकममा दमकल खरिद गरेको हो ।