आयल निगमले घाटापूर्तिको बाहानाबाजी गर्दै मूल्य घटायन :अनेरास्ववियु

काठमाण्डु टुडे २०७९ साउन १७ गते १५:३१ मा प्रकाशित

काठमाडू ,१७ साउन -अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य घटाउन माग गरेको छ ।

पछिल्लो १५ दिनमा दुईपटक गरेर भारतीय पेट्रोलियम कर्पोरेसनले पेट्रोलमा ३२।५६ रुपैयाँ र डिजेलमा २९।१ रुपैयाँ प्रतिलिटर र खाना पकाउने एलपी ग्यासको मूल्य समेत ७७ रुपैयाँ प्रतिसिलिन्डर मूल्य घटाएपनि नेपाल आयल निगमले मूल्य नघटाएको भन्दै अनेरास्ववियुले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

तर, आयल निगमले घाटापूर्तिको बाहानाबाजी गर्दै मूल्य नघटाएको अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यथाशीघ्र मुल्य समायोजन नभए आन्दोलनमा उत्रने चेतावनी दिइएको छ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us