जीटुजीबाट इजरायल गएका श्रमिकलाई हुण्डीको भर

काठमाण्डु टुडे २०७९ असोज ४ गते ७:५६ मा प्रकाशित

काठमाण्डु, ४ असोज– सरकारले रेमिट्यान्स सेवाका लागि सहजीकरण गर्न नसक्दा इजरायल गएका ८० प्रतिशत श्रमिकले पहिलो महिना नै करोडौं रुपैयाँ हुन्डीमार्फत नेपाल पठाएका छन् ।

रेमिट्यान्सको काम गर्ने वित्तीय संस्था अभावका कारण दुई सरकारबीच सम्झौता गरेर पठाइएका १ हजार नेपालीले पहिलो महिना नै हुन्डीमार्फत पैसा पठाउनु परेको हो ।

एक कम्पनीमा काम गर्ने १५ जनामध्ये १४ जनाले आफ्नो पहिलो महिनाको तलब नै हुन्डीमार्फत पठाएका छन् । रेमिट्यान्स पठाउने बैंकको अभावका कारण वाध्य भएर हुन्डीमार्फत पैसा पठाएको अमिकले बताएका छन् ।

रेमिट्यान्स सेवा दिँदै आएका बैंकको पहुँच सीमित भएको र औपचारिक माध्यमबारे सरकारले चेतना जगाउन नसक्दा इजरायल गएका नेपाली श्रमिक हुन्डीमार्फत पैसा पठाउन बाध्य भएको पाइएको छ ।

श्रमिक इजरायल जानुअघि अभिमुखीकरणमा औपचारिक माध्यमबाट रेमिट्यान्स पठाउन जानकारी दिए पनि इजरायलमा सो अनुसारको बैंकिङ सेवाको पहुँच हुन नसक्दा कम नेपालीहरुले हुन्डीमार्फत पैसा पठाउन बाध्य भएको बताएका छन् ।

विगत ७ महिनायता जीटुजीमार्फत इजरायल गएका १ हजार नेपालीमध्ये ८० प्रतिशतले हुन्डी प्रयोग गरेको त्यहाँ रहेका नेपालीले बताएका छन् । ‘बैंकमार्फत पठाउने चाहना भए पनि रेमिट्यान्स गर्ने बैंक नै कम छन्ए’, एक नेपाली श्रमिकले कारोबारसँग भने, ‘पैसा भएपनि बैंकमार्फत पठाउन समय लिनुपर्ने र महँगो भएका कारण हुन्डी प्रयोग गर्नुपरेको छ ।’ कारोबार दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us