
काठमाण्डु, ६ असोज– काठमाण्डु महानगरपालिकाले वीर अस्पताल परिसरको औषधि पसल रहेका सटरहरू भत्काउन २४ घण्टे चेतावनी दिएको छ । कामपा प्रहरीले वडा नम्बर २७ को वडा कार्यालयको सिफारिसमा ८ वटा सटर भत्काउन लागेको हो ।
कामपा प्रहरीले बुधबार दिउँसो २४ घण्टाभित्र टहरा भत्काउन चेतावनी दिदै माइकिङ गरेको थियो । वषौंदेखि अवैध रूपमा सटरमा औषधि पसल सञ्चालन भइरहेको वीर अस्पतालको नयाँ भवन परिसरमा रहेको सो क्षेत्रमा नक्सा पास गर्दा बगैंचा बनाउने उल्लेख थियो ।
बगैँचामा सटरसहितको टहरा बनाएकोले हटाउन लागिएको जानकारी दिँदै कामपा प्रहरी प्रमुख (एसपी) राजुनाथ पाण्डेले भने, ‘वडा अध्यक्षले ती सटरहरू भत्काउन कामपा प्रहरीलाई आग्रह गर्नुभएको थियो । हामीले सबै विवरण बुझेर भत्काउने निर्णय गरेका हौं ।’
नेपाल समाचारपत्रबाट