भत्काउने काम रोक्न बालेनलाई एकै दिन २२ वटा पत्र

काठमाण्डु टुडे २०७९ असोज ७ गते ७:५१ मा प्रकाशित

काठमाण्डु, ७ असोज– टुकुचामाथि कानूनसम्मत निर्माण भएका भवन र १३० वर्ष इतिहास बोकेका टुकुचा छोप्ने गुम्बज आकारको डुँड भत्काएको लगायतका विषयमा काठमाण्डु महानगरपालिकाविरुद्ध बिहीबार एकै दिन अदालतले २२ वटा पत्र काटेको छ ।

उच्च अदालत पाटनले काम रोक्न आदेश दिँदै काटेका ति पत्रहरू हिजो महानगरपालिकामा बुझाएको छ । महानगरका प्रवक्ता नवीन मानन्धरले एकैदिन काम रोक्न २२ वटा पत्र आएको पुष्टि गरे ।

अदालतका कर्मचारीले महानगर प्रहरी कार्यालयमा समेत पत्र पुगेको जनाएका छन् । यसअघि पनि उच्च अदालत पाटनले ३ वटा मुद्दामा घर नभत्काउन अल्पकालीन आदेश दिएको थियो । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us