सम्मानजनक उपस्थिति खोज्दै शेखर समूह

काठमाण्डु टुडे २०७९ असोज १० गते ७:१८ मा प्रकाशित

काठमाण्डु, १० असोज– नेपाली कांग्रेसभित्र एकाधिकारवाद झाँगिदै गएको छ ।

पार्टी सभापति शेरबहादुर देउवाले आफू इतरका नेता कार्यकर्ताहरूलाई पाखा लगाएर आफ्नो गुट जोगाउन तल्लीन रहेपछि पार्टी संस्थागत हुन नसकेको हो ।

शनिबार मात्र संस्थापन इतरका नेताहरूले खबरदारीसभा गरेर देउवाको ध्यानाकर्षण गएसँगै पार्टीले निर्वाचन आयोगमा पठाएको समानुपातिक बन्द सूचीको लिस्ट सार्वजनिक भएको छ । आन्तरिक पार्टी जीवनमा संस्थापन इतर समूहका नेता डा. शेखर कोइराला समूहले आगामी चुनावमा सम्मानजनक उपस्थिति खोजेको छ ।

पार्टीभित्र न्याय र समानताका लागि भन्दै सङ्घर्षका कार्यक्रम तय गरेको कोइराला समूहलाई चित्त बुझाउनतिर ध्यान नदिएर गठबन्धनका नाममा प्रचण्ड माधव नेपालसँग घाँटी जोडेको देउवामाथि नेताहरूले आरोप लगाएका छन् । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य प्रतिमा गौतमले पार्टीभित्र एकाधिकारवाद झाँगिएको बताइन् ।

उनले भनिन् ‘हामीले लाखौँ नेता कार्यकर्ताको संघर्षबाट लोकतन्त्र ल्याएका हौँ । तर देशको सबैभन्दा ठूलो लोकतान्त्रिक पार्टीका सभापतिबाट गैरलोकतान्त्रिक चरित्र देखिएको छ, यसलाई सच्याइनुपर्छ ।’ नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us