
काठमाण्डू,१३ असोज–सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको फाराम भर्न सेवाग्राहीलेअनलाइनमै महिनौँ लाइन बस्दा पनि सकिरहेका छैनन् । तर यातायात व्यवस्थाकार्यालय एकान्तकुनाको प्रवेशद्वारअगाडि नाङ्लो पसल राख्नेले भने एकैछिनमाफाराम भरिदिन्छन् । ‘सेवा शुल्क’ मात्र हजार रुपियाँ पर्छ । अनलाइन आवेदनकति बजेदेखि खुल्छ भन्ने नाङ्लो पसल राख्नेलाई थाहा हुन्छ । अनि उनीहरूलेभरेको फाराम अनलाइनमा स्वीकृत हुन पनि समय लाग्दैन तर सेवाग्राही आफैँलेभर्न भने महिनौँ मुस्किल हुन्छ । आवेदन २४ घण्टा खुला भनिएको हुन्छ तर रातिको१२–१ बजे भर्दासमेत सेवाग्राहीले फाराम भर्न सकेका हुँदैनन् । यस्तैमा बागमतीप्रदेशको यातायात व्यवस्था कार्यालय एकान्तकुनाले लाइसेन्सको नयाँ आवेदनछठसम्मका लागि बन्द गरेको छ । सरुवा भएर आउने १५ जना कर्मचारीकार्यालयमा हाजिर नभएकाले र बाँकी रहेकाले काम गर्नुपर्ने भएकाले बन्दगरिएको एकान्तकुनाका कार्यालय प्रमुख राजकुमार कपालीले जानकारी दिए ।
अनलाइन आवेदन खुला भएको समयमा भर्नेको चाप, तोकिएको कोटा पूरा भएपछि भर्न नसकिने प्रमुख कपालीको भनाइ छ । उनले भने, “फाराम भर्नेले भर्न नसक्नुको मुख्य कारण कोटा सकिएपछि हो, अर्को कुरा मोबाइलबाट भर्दा समस्या देखिएको छ, विवरण पछिसच्याउनुपर्ने केस आइरहेका छन् । त्यसैले ल्यापटप वा कम्प्युटरबाटै भर्दा राम्रो हुन्छ ।” गोरखापत्रबाट