
6Lsfk’/ 36gfsf d’Vo cleo’Qm ePsf] cleof]udf k’k{Ifsf nflu y’gfdf /x]sf /]dz rf}w/Ln] l;+xb/af/ k’u]/ ;f+;b kbsf] ;ky lnPsf 5g . ;efd’v s[i0faxfb’/ dx/fn] rf}w/LnfO{ kb tyf uf]klgotfsf] ;ky v’jfPsf x’g . l8NnLahf/ sf/fuf/af6 k|x/Ln] pgnfO{ l;+xb/af/ NofPsf] lyof] .tl:a/ =Oln6 hf]zL
काठमाण्डु, २४ असोज– ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भई जेलमा रहेका रेशमलाल चौधरीले प्रतिनिधिमार्फत प्रतिनिधिसभा सदस्यका लागि मनोनयन दर्ता गराए पनि कानुनअनुसार उनको उम्मेदवारी कायम हुने छैन ।
जिल्ला र उच्च अदालतबाट जन्मकैदको सजाय ठहर भइसकेका चौधरीले प्रतिनिधिसभा सदस्य चुनावका लागि करार मुकरर गरी उम्मेदवारी दिएका हुन् । हाल उनी काठमाण्डुको डिल्लीबजारस्थित सदर जेलमा छन् ।
जेलमा भएकाले पनि उम्मेदवारी दिन पाउँछन् । तर कानुनअनुसार उम्मेदवारी कायम नहुने निर्वाचन आयोगका उपन्यायाधिवक्ता गुरुप्रसाद वाग्लेले बताए । ‘कसैले पनि सुरुमा उम्मेदवारी दिन पाउँछन् ।
जेलमा भएका मान्छेले पनि प्रतिनिधि मुकरर नियुक्ति गर्न सक्छन् । प्रतिनिधिले जेलमा बसेको व्यक्तिको उम्मेदवारी दर्ता गराउन सक्छन्’, वाग्लेले भने, ‘तर कानुनले निर्दिष्ट गरेका विषयमा संलग्न व्यक्तिको उम्मेदवारी कायम हुने छैन ।’
नागरिक दैनिकबाट