सरकारले सरुवा गरेका ४ कर्मचारी अलपत्र

काठमाण्डु टुडे २०७९ असोज २७ गते ८:२८ मा प्रकाशित

काठमाण्डु, २७ असोज–राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले राष्ट्रिय चिकित्सा शिक्षा ऐनविपरीत कार्यकारी समितिको बस्दै नबसेको बैठकको निर्णय उल्लेख गर्दै सरकारले सरुवा गरेको ४ कर्मचारीको हाजिर नगराएको खुलेको छ ।

सरकारको निर्णय अटेर गर्ने तर सरकारी सुविधा दुरूपयोग गर्ने उपाध्यक्षसहित आयोगका निर्देशकलाई कारबाही गर्नुपर्ने माग कर्मचारीले गरेका छन् । हाल सरुवा भइसकेका सदस्य सचिव डा. भोजराज काफ्ले र उपाध्यक्ष गिरीको कार्यशैलीप्रति आपत्ति जनाउँदै मंगलबारदेखि कर्मचारीले काम बन्द गरेका छन् ।
यो क्रम हिजो बुधबार पनि जारी रहेको थियो । ‘हामी बुधबार कार्यालय आएका थियौं, सरकारको निर्णय कार्यान्वयन नभएसम्म काम नगर्ने अडान जारी राखेका छौं’, एक कर्मचारीले भने ।

आयोगको उपाध्यक्ष डा. गिरीले कानुनको बर्खिलाफमा शिक्षा र सामान्य मन्त्रालयबाट सरुवा भएका कर्मचारीलाई रमाना दिन नसकिने भन्दै मन्त्रालयमा पत्रचार गरेको खुलेको छ । नेपाल समाचारपत्रबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us