
काठमाण्डु, ३० जेठ– सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०र८१ का लागि ल्याएको नीति तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको छ ।
आज (मंगलबार) प्रदेशसभा बैठकले २४ जेठमा प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
प्रदेश सभामा प्रमुख प्रतिपक्षी दल एमालेले भने नीति तथा कार्यक्रमको विपक्षमा मत दिएको छ । प्रदेशसभाको अर्को बैठक ३२ जेठमा बस्ने भएको छ ।