भारतले चन्द्रमाका लागि पठायो चन्द्रयान-३

काठमाण्डु टुडे २०८० असार २९ गते १५:३८ मा प्रकाशित

काठमाण्डु,२९ असार- भारतले शुक्रबार चन्द्रमाका लागि रकेट पठाएको छ।

भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) ले सतिश धवन स्पेस सेन्टरबाट चन्द्रयान–३ लाई लन्च गरेको हो। स्थानीय समयअनुसार शुक्रबार दिउँसो २:३५ बजे आन्ध्रप्रदेशको स्पेसपोर्टबाट चन्द्रयान-३ नाम दिइएको रकेट टेकअफ भएको टाइम्स अफ इन्डियाले जनाएको छ।

योजनाअनुसार सबै काम भए यो रकेट आगामी अगस्ट २३ वा २४ मा चन्द्रमाको सतहमा पुग्ने बताएको छ। यो मिसनमा चन्द्रयानको एउटा रोभर निस्कनेछ (एउटा सानो रोबोट) जुन चन्द्रमाको सतहमा उत्रिनेछ र लुनर साउथ पोलमा यसको पोजिसनिङ हुनेछ ।

यहाँ नै रोभरले चन्द्रमाको यो हिस्सामा खनिज, पानी आदि बारे अनुसन्धान गर्नेछ । न्द्रयान(३ को रोभरले चन्द्रमाको सतहमा सफल अवतरण गरेमा भारत चन्द्रमामा यान पठाउने विश्वको चौथो मुलुक हुनेछ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us