
काठमाण्डु, १२ माघ– लन्डनमा एक नेपाली युवा मृत अवस्थामा भेटिएका छन । २५ वर्षीय सन्दीप तामाङको शव जनवरी २० मा भेटिएको हो । मृतक तामाङको शव बुझ्न प्रहरीले आफन्तको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।
बुधबार लन्डन हेज क्षेत्रको प्रहरीले लन्डनस्थित नेपाली दूतावासलाई इमेलमार्फत तामाङको शव भेटिएको जानकारी गराएको र उनको पहिचानका लागि सघाउन आग्रह गरेको जानकारी दिएको नेपाली दूतावासले जानकारी दिएको छ ।
२५ वर्षका सन्दीप तामाङको जनवरी २० मा शव फेला परेको भन्नेबाहेक अरु जानकारी प्राप्त नभएको दुतवासले जानकारी दिएको छ । आफूहरुले नाम र उमेर बाहेक अरु कुनै जानकारी नपाएको र प्रहरीसँग पासपोर्ट भए उपलब्ध गराउन भनेको दूतावासले जनाकारी दिएको छ ।
उनको मृत्युको कारणबारे पनि केही खुलेको छैन। तर लन्डन हेज प्रहरीले खबर गरेका कारण सोही क्षेत्र आसपासमा शव भेटिएको अनुमान गरिएको छ।