भारतको अर्थमन्त्रीमा पुनः निर्मला सितारमण !

काठमाण्डु टुडे २०८१ जेठ २७ गते १७:३४ मा प्रकाशित

एजेन्सी– तेस्रो पटक प्रधानमन्त्रीको शपथ लिनु केही घण्टा अगाडि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एनडीएका सिनियर नेताहरूसँग छलफल गरेका छन ।

छलफलमा मोदीको तेस्रो कार्यकालमा मन्त्री बन्ने सम्भावित नेताहरू पनि रहेका थिए । नयाँ मन्त्रिपरिषद्‌बारे टुंगो लगाउन हिजो शनिबार प्रधानमन्त्री मोदी, अमित शाह, भाजपा प्रमुख जेपी नड्डा र महासचिव बीएल सन्तोषबीच प्रधानमन्त्री निवासमा झण्डै ११ घण्टा लामो छलफल गरेको भारतीय सञ्चार माध्यमहरूले जानकारी दिएका छन ।

मोदीले आज साँझ शपथ दिने कार्यक्रम छ । समाचाहरूमा जनाइएअनुसार विदेश मन्त्रीमा एस जयशंकर पुनः दोहोरिने सम्भावना रहेको छ ।

मोदीको दोस्रो कार्यकालमा गृहमन्त्री रहेका अमित शाह, रक्षामन्त्री राजनाथ सिंह, रोड तथा हाइवेमन्त्री नितिन गडकरी पनि पुरानै जिम्मेवारीमा फर्किने सम्भावना रहेको छ ।

राज्यसभा सदस्य निर्मला सितारमण पनि अर्थमन्त्रीमा दोहोरिने प्रबल सम्भावना रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us