सामसङले गर्याे फोनसँग कनेक्ट गर्न सकिने जुत्ता लञ्च

काठमाण्डु टुडे २०८१ असार ४ गते १४:२८ मा प्रकाशित

एजेन्सी– अहिलको दुनियाँ प्रविधिको दुनियाँ हो । वर्तमान समयमा प्रविधिले गर्दा हरेक दिन मानिसलाई नयाँ नयाँ चिज उपहार आइरहेको छ । कनेक्टेड डिभाइस तीव्र गतिमा विस्तार भइरहेका छन् ।

इयरडब्स होस् वा स्मार्टवाच यी सबै प्रविधिकै उपहार हुन । इयरडब्स होस् वा स्मार्टवाच हरेक फोनसँग जोडिएका छन् । यी डिभाइसको मद्दतले फोनमा कयौं फिचर कन्ट्रोल गर्न सकिन्छ ।

यो सूचीमा नयाँ वेयरेबल पनि जोडिएको छ । दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसङले फोनसँग कनेक्ट गर्न सकिने जुत्ता लञ्च गरेको छ ।

यो जुत्ताको मद्दतले प्रयोगकर्ताले स्मार्टफोन कन्ट्रोल गर्न सक्ने भएका छन । यही हप्ता सामसङले शर्टकट लञ्च गरेको थियो । यो लिमिटेड एडिशनको जुत्ता हो ।

यो जुत्तालाई चिएल बेनेलक्स, एलिट्याक वेरेबल्स, ब्रुट आम्सर्टड्याम र जुत्ता डिजाइनर रोएल भ्यान होफसँगको सहकार्यमा लञ्च गरिएको थियो । जुतामा खास सेन्सर दिइएको छ ।

यसको मद्दतले फोनलाई कन्ट्रोल गर्न सकिनेछ । यसका लागि जुत्तालाई सामसङको फोनसँग कनेक्ट गर्न आवाश्यक छ । मुन वाक गरेर फोन कल गर्न वा गित बजाउन सकिनेछ ।

पाँच फरक फरक मुभमेन्टको प्रयोग गरेर अरु पाँच वटा काम गर्न सकिनेछ । जुत्ताको एल्गोरिदम निकै स्मार्ट रहेको र मोशन रिकग्निशन निकै एकुरेट रहेको बताइएको छ ।

कम्पनीले अहिले यो जुत्ता विक्रीका लागि उपलब्ध गराएको छैन । कम्पनीले अहिलेसम्म ६ जोडी मात्रै यस्तो जुत्ता बनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us