बुधबार प्रतिनिधिसभा बैठक

काठमाण्डु टुडे २०८१ असार ६ गते १२:५८ मा प्रकाशित

काठमाण्डु, ५ असार– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक जारी छ ।

संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेयता बैठक बसिरहेको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक– २०८१ को विभिन्न शीर्षकहरुमाथि छलफल जारी छ । बुधबार युवा तथा खेलकुद मन्त्रालयको विभिन्न शीर्षकमाथि सांसदहरुले खर्च कटौती प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

अर्थमन्त्री वर्षमान पुन अनन्तले गत जेठ १५ गते आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३१ करोडको बजेट प्रस्तुत गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us