सन्दीप, रोहित र दीपेन्द्रले क्यानडामा फ्रेन्चाइज क्रिकेट खेल्ने

काठमाण्डु टुडे २०८१ असार ९ गते १३:४५ मा प्रकाशित

काठमाण्डु, ८ असार– नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रभावशाली तीन खेलाडीले क्यानडाको चर्चित फ्रेन्चाइज प्रतियोगिता ‘ग्लोबल टी–२० लिग’ खेल्ने भएका छन ।

नेपाली टोलीका कप्तान रोहितकुमार पौडेल, अलराउन्डर दीपेन्द्रसिंह ऐरी र प्रभावशाली लेग–स्पिनर सन्दीप लामिछानेले ‘ग्लोबल टी–२० लिग’ खेल्न भएका हुन ।

क्यानडाको ‘ग्लोबल टी–२० लिग’ मा सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी एउटै टोलीमा रहेका छन । उनीहरूलाई भ्यानकुभर नाइट्सले आबद्ध गरेको समाचारमा उल्लेख गरीएको छ ।

कप्तान रोहित पौडेल भने टोरन्टो नेशल्समा आबद्ध हुने भएका छन । सन्दीप र दीपेन्द्रले यसअघि पनि क्यानेडाको ‘ग्लोबल टी–२० लिग’ खेलिसकेका खेलाडी हुन ।

सन् २०२३ को संस्करणमा दीपेन्द्र मोन्ट्रियल टाइडर्समा आबद्ध थिए । त्यो सिजनको उपाधि पनि दीपेन्द्रकै क्लबले जितेको थियो ।

कप्तान रोहितले भने पहिलो पटक विदेशी फ्रेन्चाइज लिग क्रिकेट खेल्ने तयारी गरेका हुन । यो सिजनको ‘ग्लोबल टी–२० लिग’ जुलाई २५ तारिखदेखि सुरु हुदैँ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us