रक्सी पिएर काममा गएका पाइलटलाई १० महिनाको जेल सजाय

काठमाण्डु टुडे २०८१ असार ९ गते १६:०६ मा प्रकाशित

एजेन्सी– बेलायतको डेल्टा एयरलाइन्सका एक जना पाइलटलाई १० महिनाको जेल सजाय सुनाइएको छ । स्कटल्यान्डको एडिनबर्ग विमानस्थलमा ड्युटीमा रहेका बेलामा ६३ वर्षीय पाइलट रक्सीको रहेको खुलेको थियो । अदालतको विज्ञप्तिअनुसार यो घटना सन् २०२३ को जुन १६ को बिहानको हो ।

पाइलट अमेरिकी नागरिक लरेन्स रसेल जुनियरले उक्त दिन एडिनबर्गबाट न्यूयोर्कको जोन एफ केनेडी विमानस्थलबिच उडान गर्ने तयारी गरेका थिए । उनको रगत परीक्षण गर्दा कानुनले दिएको सीमाभन्दा बढी मात्रामा रक्सी मात्रा भेटिएको थियो । विमानस्थलमा पुग्दा उनको झोलामा २ बोतल रक्सी फेला परेको थियो ।

दुईमध्ये एउटामा आधा मात्रै रक्सी थियो । पाइलट रक्सीको सुरमा भएकोले उडान रद्द गर्नुपर्‍यो । रसेलले गरेर पाइलटले जागिर नै गुमाए । यो घटनाबारे आफूहरू सचेत रहेकोले छानबिन अवधिभर पाइलटलाई बर्खास्त गरिएको डेल्टा एयरलाइन्सका प्रवक्ताले भनेका छन् ।

उक्त घटनापछि प्रभावित यात्रीहरूसँग कम्पनीले माफी मागेको थियो । अदालतमा न्यायाधीशले झोलामा दुई बोतल रक्सी भेटिएको र एउटा बोतलमा आधा रक्सी भेटिएको भनेर सोध्दा पाइलटले आफूले अघिल्लो रात रक्सी पिएको स्वीकारेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us