एसईईको नतिजा आज सार्वजनिक हुदै

काठमाण्डु टुडे २०८१ असार १३ गते ११:०९ मा प्रकाशित

काठमाण्डु, १२ असार– राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गर्ने तयारी गरेको छ ।

आज (बुधबार) नतिजा सार्वजनिक गर्ने तयारी भइरहेको कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिए । कुनै प्राविधिक समस्या नआएमा आजअपराह्नसम्म नतिजा प्रकाशित भइसक्ने उनले जानकारी दिएका छन । कार्यालयले गत वर्ष असार २४ मा एसईईको नतिजा सार्वजनिक गरेको थियो ।

परीक्षा नियन्त्रक पौडेलले यस वर्ष एसईईको नतिजा सैद्धान्तिक र प्रयोगात्मक फरक गरी सार्वजनिक गरिने जानकारी दिएका छन ।

यस वर्षको नतिजामा विद्यार्थीले सैद्धान्तिकतर्फ ७५ अङ्कको परीक्षामा ३५ प्रतिशत अर्थात् २७ अङ्क नल्याउनेलाई एनजी उल्लेख गरिने उनले जानकारी दिए ।

गत १५ चैत देखि सुरु भएको एसएईईमा नियमिततर्फ चार लाख ६७ हजार र ग्रेड वृद्धितर्फ २१ हजार परीक्षार्थी सहभागी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us