स्वदेश फर्के चिनियाँ उपविदेश मन्त्री सुन

काठमाण्डु टुडे २०८१ असार १३ गते १७:३५ मा प्रकाशित

काठमाण्डु, १२ असार– चिनियाँ उपविदेशमन्त्री सुन वेइडोङ स्वदेश फर्केका छन । नेपाल–चीन कूटनीति परामर्श संयन्त्रको १६ औँ बैठकमा सहभागी हुन सोमबार नेपाल आएका उपविदेश मन्त्री सुन आज उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर स्वदेश फर्केका हुन् ।

उनलाई परराष्ट्र मन्त्रालयका उपसचिव एवम् उत्तर–पूर्व एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए ।

हिजो मङ्गलवार नेपाल–चीन कूटनीति परामर्श संयन्त्रको १६ औँ बैठक बसेको थियो । सो बैठकले चीन र नेपालबिच उच्चस्तरीय संयन्त्र बनाउने सहमति गरेको छ ।

हालसम्म चीन र नेपालबिच सचिवस्तरीय संयन्त्र रहेको छ । बैठकले अब मन्त्रीस्तरीय संयन्त्र बनाउनुपर्ने सहमति गरेको छ । त्यस बैठकमा दुई पक्षीय सहकार्य र सम्बन्धको बारेमा कुराकानी भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us