कम्युनिष्ट एकतामा जोड दिँदै माधवले भनेः बसौं छलफल गरौं

काठमाण्डु टुडे २०८१ असार १६ गते १७:५५ मा प्रकाशित

काठमाण्डु, १५ असार– पूर्व प्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले कम्युनिष्ट पार्टीलाई एकताबद्ध बनाउनुपर्ने धारणा व्यक्त गरेका छन ।

आज (शनिबार) पुष्पलाल जयन्ती समारोहलाई सम्बोधन गर्दै कम्युनिष्ट एकता हुँदै समाजवादमा पुग्ने लक्ष्य राख्नुपर्ने बताएका छन ।

उनले भने, ‘कम्युनिष्टहरुलाई एकताबद्ध हुनुपर्छ तर पहल गर्ने मान्छे चाहिँदोरहेछ। पहल गर्ने मान्छेले गरी देखाउने रहेछ। हामी त्यसै गुनासो मात्रै गरेर बस्यौं भने केही पनि हुँदैन। पुष्पलालले पहल गरेर कम्युनिष्ट पार्टी बनाउनुभयो। पछि विद्रोह गरेर अर्को पार्टी गठन गर्नुभयो।

उहाँले नयाँ पार्टी गठन गरेपछि नयाँ स्थिती सुरु भयो। माओवादी जनयुद्धको छुट्दै अनुभव छ हाम्रो छुट्टै छ। अहिले पनि अलग अलग कोणहरु पनि छन् बसौं छलफल गरौं।’ उनले अब जनवादी गणतन्त्रलाई समाजवदी गणतन्त्रमा रुपान्तरण गर्नुपर्ने पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us