ग्रान्डीको स्विमिङ पुलमा डुबेर एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असार १६ गते १८:०४ मा प्रकाशित

काठमाण्डु, १५ असार– काठमाण्डुको टोखा नगरपालिका–३ ग्राण्डी टावरभित्र रहेको स्वमिङ पुलमा डुबेर एक जनाको मृत्यु भएको छ ।

सोही ठाउँ बस्ने ५६ वर्षीय मदन कार्कीको शुक्रबार दिउँसो मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । स्विमिङ गर्ने क्रममा डुबेर अशक्त भएका उनको ग्राण्डी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us