नदीमा डुबेर एक जानको मृत्यु

काठमाण्डु टुडे २०८१ असार १६ गते १८:२७ मा प्रकाशित

काठमाण्डु, १५ असार– नवलपरासी पूर्वमा नदीमा डुबेर एक जानको मृत्यु भएको छ । गैंडाकोट नगरपालिका–६ राम मन्दिर नजिकै नारायणी नदीमा डुबेर सोही नगरपालिका–६ गैह्री बस्ने नेत्र बहादुर नेपालीको छोरा ८ वर्षीय युनिस नेपालीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

बुधबार साँझ नदी किनारमा पार्किङ गरी राखेको काठको डुङ्गामा खेल्ने क्रममा चिप्लिएर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गैंडाकोटबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा शनिबार बिहान शव फेला परेको प्रहरीले जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us