जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाण्डु टुडे २०८१ असार १८ गते १७:४१ मा प्रकाशित

काठमाण्डु, १७ असार– प्रहरीले ललितपुरबाट जबरजस्ती करणी मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरेके छ । पक्राउ गर्नेमा चन्द्रागिरि नगरपालिका घर भई हाल ललितपुरको गोदावरी बस्ने ५० वर्षीय कृष्णकुमार दाहाल रहेको प्रहरीले जानकारी दिएको छ ।

परिवर्तित नाम ०८०–०८१ सातदोबाटो (११९) को जाहेरीको आधारमा दाहाललाई पक्राउ गरिएको काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिएका छन ।

फरार रहेका उनलाई शनिबार चापागाउँबाट पक्राउ गर्न प्रहरी सफल भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us