फ्रान्सेली निर्वाचनमा दक्षिणपन्थी पार्टीको अग्रता

काठमाण्डु टुडे २०८१ असार १८ गते १६:२१ मा प्रकाशित

एजेन्सी– फ्रान्सेली संसदीय निर्वाचनको पहिलो चरणमा अति दक्षिणपन्थी पार्टी नेशनल र्यालीले अग्रता लिएको छ । दलले फ्रान्सेली राजनीतिमा आफ्नो प्रभुत्व बलियो बनाएको छ र सत्ताको नजिक आइपुगेको छ ।

आप्रवासी विरोधी नेशनल र्यालीका नेता मारिन ले पेनले म्याक्रोँ गुटको पूरै सफाइ भएको बताएकी छन । उनले यसोभन्दा दलका कार्यकर्ताहरू खुसीले रमाएका थिए ।

नेशनल र्याली ३३ दशमलव २ प्रतिशत भोटको साथमा जितउन्मुख दिएको छ । सम्पूर्ण वामपन्थी गठबन्धन भने २८ दशमलव १ प्रतिशत भोटसहित दोस्रो स्थानमा रहेका छन ।

म्याक्रोँ गुटले २१ प्रतिशत मत प्रप्त गर्न सफल भएको छ । नेशनल र्यालीका २८ वर्षीय नेता जोर्डन बर्डेलाले भने, ‘यदि फ्रान्सेली जनताले मलाई भोट दिए भने म उनीहरूको प्रधानमन्त्री बन्न चाहन्छु ।’

यसअघि फ्रान्सको राष्ट्रिय चुनावको पहिलो चरणमा अति दक्षिणपन्थी पार्टीले जित हासिल गरेको थिएन । मारिन ले पेन र जोर्डन बर्डेला फ्रान्सको ५७७ सिट भएको राष्ट्रियसभामा २८९ सिटसहित बहुमत ल्याउन चाहन्छन् ।

तर दोस्रो चरणको निर्वाचनपछि राष्ट्रियसभाको सपना साकार हुने देखिँदैन । बहुमत बिना फ्रान्समा त्रिशङ्कु संसद् हुनेछ । नेशनल र्यालीले कर कटौती, आप्रवासन र कानुन र व्यवस्थामा आफ्नो एजेन्डा पूरा गर्न सक्ने छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us