मुगुमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

काठमाण्डु टुडे २०८१ असार १८ गते १६:०३ मा प्रकाशित

काठमाण्डु, १७ असार– मुगुमा ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा छाँयानाथ रारा नगरपालिका–४ बस्ने राज कुमार रोकायको छोरा २ वर्षीय सुप्रिम रोकाय रहेको प्रहरीले जानकारी दिएको छ ।

मुगुको छाँयानाथ रारा नगरपालिका–४ भामबाडास्थित सडकमा लु–५ त ३१४ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ रोकायको आइतबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयको कुटपिटबाट घाइते भएका ट्याक्टर चालकको जिल्ला अस्पतालमा उपचार भइरहेको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us