ओडीआईमा नेपालको वरीयता खस्कियो

काठमाण्डु टुडे २०८१ असोज ९ गते १८:१६ मा प्रकाशित


काठमाण्डु,९ असोज– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् –आईसीसी) ले सार्वजनिक गरेको नयाँ ओडीआई वरीयतामा नेपाल एक स्थान खस्किएको छ ।

यसअघि १६ औं स्थानमा रहेको नेपाल नयाँ वरियतामा १७ औं स्थानमा परेको छ । आईसीसी विश्वकप लिग २ मा यसै साता क्यानडामा तीन खेल हारेपछि नेपालको वरीयता एक स्थान तल झरेको हो ।

नामिबिया तीन स्थान तल झरेर १८ औं स्थानमा पुगेकोछ । ओमान पनि एक स्थान तल झर्दै १९ औं स्थानमा पुगेको छ । युएई ओडीआई टोलीको वरीयतामा सबैभन्दा पुछार २० औं स्थानमा रहेको छ ।

अमेरिका एक स्थान सुधार गर्दै १६ औं स्थानमा उक्लिन सफल भएको छ । क्यानडाले चार स्थान सुधार गर्दै १५ औं स्थानमा उक्लिन सफल भएको छ ।

स्कटल्यान्ड ११ औं, आयरल्यान्ड १२ औं, जिम्बावे १३ औं र नेदरल्यान्ड्स १४ औं स्थानमा यथावत छन् ।

भारत शीर्ष, अष्ट्रेलिया दोस्रो, दक्षिण अफ्रिका तेस्रो, पाकिस्तान चौथो, न्युजिल्यान्ड पाँचौं, श्रीलंका छैटौं, इंग्ल्यान्ड सातौं, बंगलादेश आठौं, अफगानिस्तान नवौं र वेस्ट इण्डिज दशौं स्थानमा रहन सफल भएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us