इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना दुबईबाट पक्राउ

काठमाण्डु टुडे २०८१ असोज १० गते १२:०० मा प्रकाशित

काठमाण्डु, १० असोज– इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जनालाई पक्राउ गरेर काठमाण्डु ल्याइएको छ । पक्राउ पर्नेमा भूपेन्द्र बोहोरा,कबिर बुढाथोकी उर्फ रियाज,रोमन कार्की रहेको स्रोतले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलको सहयोगमा उनीहरूलाई दुबईमा पक्राउ गरेर नेपाल ल्याइएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ । बोहरा र बुढाथोकी ठगी मुद्दा फरार थिए । रोमन कार्की बलात्कार मुद्दा फरार रहेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us