ललित राजवंशी १५ लाखमा जनकपुरमा आवद्ध

काठमाण्डु टुडे २०८१ असोज २० गते १६:३१ मा प्रकाशित

काठमाण्डु, २० असोज– नेपाली क्रिकेट टिमका स्पिनर ललितनारायण राजवंशी १५ लाख रुपैयाँमा जनकपुर बोल्ट्समा आवद्ध भएका छन ।

आज आइतबार भएको नेपाल प्रिमियर लिग (एनपीएल) को अक्सनमा उनले ए क्याटेगोरीका खेलाडीको न्यूनतम मूल्य १० लाख तोकेका थिए ।

उनलाई लिन ६ टोलीले इच्छा व्यक्त गरेका थिए । तर चिठ्ठाबाट जनकपुर बोल्ट्समा १५ लाख रुपैयाँमा आवद्ध हुन सफल भएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us