
काठमाण्डु, २० असोज– ब्याटर आरिफ शेखलाई नेपाल प्रिमियर लिगमा १५ लाख रुपैयाँमा सुदूरपश्चिम रोयल्सले किनेको छ । उनले १० लाख रुपैयाँ मूल्य राखेका थिए ।
आइतबार भएको अक्सनमा कर्णाली, सुदूरपश्चिम र काठमाण्डुबीच प्रतिस्पर्धा भएको थियो । तीन टोलीबीचको प्रतिस्पर्धामा उच्चतम मूल्य १५ लाख रुपैयाँ प्रप्त गर्न सफल भएका हुन ।
मध्यक्रमका भरपर्दा ब्याटर आरिफ अनुभवीसँगै मध्य गतिमा बलिङ पनि गर्ने गर्छन् । नेपालको ओडीआई टोलीमा निरन्तर रहेपनि टी–२० आई टिममा स्थान बनाउन भने संघर्ष गर्ने गर्दछन् ।