
काठमाण्डु, २० असोज– नेपालका तीव्र गतिका बलर आकाश चन्द ११ लाख ५० हजारमा पोखराले पाएको छ । पछिल्लो समय नेपाली टोलीबाट खेल्दै आएका आकाश चन्दलाई किन्न पोखरा, जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा चलेको थियो ।
११ लाख ५० हजारमा पोखराले चन्द प्रप्त गरेको हो । तीव्र गतिका बलर आकाश चन्दले यू १९ विश्वकपमा अफगानिस्तानविरुद्ध ५ विकेट लिन सफल भएका थिए ।