क्यानडालाई नेपालले हरायो

काठमाण्डु टुडे २०८१ असोज २२ गते ८:२३ मा प्रकाशित

काठमाण्डु, २२ असोज– नेपालले क्यानडाको हाइप्रोफोमेन्स (एचपी) लाई १० रनले हराएको छ ।

अभ्यास खेलमा नेपालले एचपीलाई हराएको हो । तीन खेलको अभ्यास खेल नेपालले २१ ले जितेको छ ।

करण केसीको पाँच विकेट र कुशल भुर्तेलको अर्धशतकमा नेपालले क्यानडा सामु १ सय ८८ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।

क्यानडा ४४ दशमलब ५ ओभरमा १ सय ७७ रनमा अल आउट भयो । क्यानडाका अली नदिमले ११६ बलमा ७ चौका र ३ छक्का हिर्काएर ८५ रन बनाए ।
नेपालका करण केसीले ९.५ ओभरमा ५५ रन खर्चिएर ५ विकेट लिए । सागर ढकालले २, आरिफ शेख, रिजन ढकाल र ललितनारायण राजवंशीले १/१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको नेपाल ४८.३ ओभरमा १८७ रनमा अल आउट भयो ।

नेपालका कुशल भुर्तेलले ७० बलमा ५ चौकासहित ५२ रनको योगदान दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us