
काठमाण्डू , २ कात्तिक- टी- २० सिरिजको आफ्नो पहिलो खेलमा नेपालले अमेरिकालाई १७ रनले पराजित गरेको छ ।
नेपालले दिएको १ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिकाले १ सय ४७ रन मात्र बनाउन सक्यो ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि रोहितकुमार पौडेलले ४९ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले २८ रन बनाए ।
यस्तै आसिफ शेख र अनिल शाहले समान २७-२७ तथा दीपेन्द्रसिंह ऐरीले २८ रन बनाए ।
अमेरिकाका लागि शौरभ नेत्रभाल्कर, जसदीप सिंह र हरमप्रित सिंहले समान २-२ विकेट लिए ।
१ सय ६५ रनको लक्ष्य पछ्याएको अमेरिका निर्धारित २० ओभरमा १ सय ४७ रनमा समेटियो ।
उसका लागि स्यान जहानगिरले अविजित ६० रन बनाए । उनीबाहेक आन्द्रेस गौसले ३० रन बनाउँदा मिलिन्डा कुमारले २२ रन तथा जसदीप सिंहले १६ रन बनाए । यी दुई टिमको दोस्रो टी-२० खेल आइतबार हुनेछ ।