एमबाप्पे र भिनिसियसको गोलमा रियल मड्रिड विजयी

काठमाण्डु टुडे २०८१ कार्तिक ४ गते १३:०१ मा प्रकाशित

काठमाण्डु, ४ कात्तिक– रियल मड्रिडले स्पानिस ला लिगामा गएराति सेल्टा भिगोलाई २–१ ले पराजित गर्न सफल भएको छ । रियलका लागि केलिएन एमबाप्पे र भिनिसियस जुनियरले गोल गरेका थिए ।

यो जितपछि रियलले शीर्ष स्थानको बार्सिलोनासँग अंक बराबरी गरेको छ । खेलको २०औं मिनेटमा एमबाप्पेले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।

तर सेल्टा भिगोका विलियट स्विडेबर्गले ५१औं मिनेटमा गोल गर्दै खेल १–१ को बराबरीमा ल्याउन सफल भएका थिए । ६६ औं मिनेटमा भिनिसियस जुनियरले गोल गर्दै रियललाई फेरि अग्रता दिलाएका थिए र त्यही अग्रता कायम राख्दै रियलले खेल जितेको हो ।

भिनिसियसको म्याच विनिङ गोलमा हसिस्ट गरेका लुका मोडरिच रियलका लागि खेल्ने सबैभन्दा पाका खेलाडी बनेका छन् । जितपछि रियलले बार्सिलोना समान २४ अंक जोडेको छ र तर गोल अन्तरमा रियल दोस्रो स्थानमै रहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us