श्रीलंकाविरुद्ध पहिलो हाफमा नेपाललाई ४–० को अग्रता

काठमाण्डु टुडे २०८१ कार्तिक ८ गते १८:४१ मा प्रकाशित

काठमाण्डु, ८ कात्तिक– साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकाविरुद्ध पहिलो हाफमा ४–० गोलको अग्रता लिन सफल भएको छ ।

पहिलो हाफमा नेपालका लागि रेखा पौडेलले दुई तथा सविता राना मगर र सावित्रा भण्डारी साम्बाले एक–एक गोल गर्न सफल भएका थिए । खेलको आठौं मिनेटमा सबिताले गोल गर्दै नेपाललाई अग्रता दिलाएकी थिइन् ।

सावित्राले दायाँ साइडबाट उपलब्ध गराएको क्रसमा पेनाल्टी स्पटको ठीक अगाडिबाट सबिताले वान टचमै गोल गरिन् । जारी साफमा पहिलो पटक खेलिरहेकी सावित्राले ११औं मिनेटमा उत्कृष्ट गोल गर्दै नेपालको अग्रता दोब्बर पारिन् ।

प्रीति राईको थ्रो पासमा विमल विकले दिएको पासमा सावित्राले करिब २५ यार्ड टाढाबाट सुन्दर गोल गरेकी थिइन् । यस संस्करणमा पहिलो गोल गरेकी सावित्राले नेपालका लागि गोल संख्या ५४ पुर्‍याइन् ।त्यसको दुई मिनेटपटि नै रेखाले अमिसा कार्की पासमा गोल गर्दै नेपालको अग्रता ३–० बनाइन् । अघिल्लो खेलमा माल्दिभ्सविरुद्ध एक्लै पाँच गोल गरेकी रेखाको जारी साफमा यो छैटौं गोल हो ।

रेखा सर्वाधिक गोल गर्नेमा दोस्रो स्थानमा छिन् । श्रीलंकाविरुद्ध पाँच गोल गरेकी भुटानकी फरवार्ड देकी लाजोमले अहिलेसम्म सर्वाधिक ७ गोल गरेकी छन् । रेखाले नै ३६औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि नेपालले पहिलो हाफमा ४–० को अग्रता बनायो । सावित्राले श्रीलंकालाई डिफेण्डरलाई छलाउँदै बक्स भित्रबाट हानेको बल रेखालाई लाग्दै गोल भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us