
काठमाण्डु,, ८ कात्तिक- महिला साफ च्याम्पियनसिपअन्तर्गत बिहीबार दशरथ रंगशालामा भएको खेलमा नेपालले श्रीलंकालाई ६-० गोल अन्तरले हराएको छ ।
पहिलो हाफअघि ४ गोल गरेको नेपालले देस्रो हाफमा २ गोल थपेको थियो ।
नेपालका लागि रेखा पौडेलले दुई तथा साबित्रा भण्डारी र सविता रानामगरले एकएक गोल गरे ।
रेखाले १३ र ३६औं मिनेटमा गोल गरिन् भने सविताले ८ र सबित्राले १२औं मिनेटमा गोल गरे ।
४६औं मिनेटमा अमिसा कार्कीले १ र अतिरिक्त समयमा रश्मीकुमारी घिसिङले १ गोल गरे ।
जितसँगै नेपाल समूह विजेता भन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।