
काठमाण्डु, ११ कात्तिक– यस सिजनको पहिलो एल क्लासिकोमा बार्सिलोनाले रियल मड्रिडलाई ४–० को अन्तरले हराएको छ । घरेलु मैदान सान्टियागो वर्नाबेउमै रियल मड्रिडले लज्जासपद हार व्यहोरेको हो ।
बार्सिलोनालाई फराकिलो जित दिलाउन रोवर् लेवान्डोस्कीले दुई तथा लामिन यामल र फेरान टोरेसले समान एक गोल गर्न सफल भएका थिए । खेलको ३०औं मिनेटमा रियलका केलिएन एमबाप्पेले गोल गरेपछि भिएआरले मान्यता नदिँदा रियलले अग्रता लिने मौका गुमाएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि बार्सिलोनाले दोस्रो हाफमा चार गोल गर्न सफल भएको हो । ५४ मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए ।
त्यसको दुई मिनेटपछि नै लेवान्डोस्कीले अग्रता दोब्बर पारे । लामिन यामलले ७७औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले ३–० को अग्रता बनायो । बार्सिलोना यतिमै रोकिएन ।
कप्तान राफिन्हाले ८४औं मिनेटमा गोल गरेपछि बार्सिलोनाले सानदार जित हात पारेको हो । जितपछि लिग लिडर बार्सिलोनाले यस सिजन उत्कृष्ट लयलाई कायम राख्दै रियल मड्रिडमाथि नै ६ अंकको अग्रता बनाउन सफल भएको छ ।