
काठमाण्डु, १४ कात्तिक– आज बुधबार साफ वुमन च्याम्पियनसिपको उपाधिका लागि नेपाल र बंगलादेश भिड्दै छन । खेल ६ बजेर ३० मिनेटमा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदै छ ।
नेपाली टोलीमा आज एक परिर्वतन भएको छ । बंगलादेशससँग भएको खेलमा रातो कार्ड पाएका कारण रेखा पौडेलले आजको खेल गुमाउने छिन् । उनको स्थानमा सरु लिम्बुले खेल्ने भएकी छन् ।
अरु बंगलादेशविरुद्ध खेलेका खेलाडीलाई नै निरन्तरता दिएका छन् ।