व्यवसायिक फुटबल खेल्न फ्रान्स उडिन् नेपाली महिला टिमकी फरबार्ड साम्बा

काठमाण्डु टुडे २०८१ कार्तिक १५ गते ९:४१ मा प्रकाशित

काठमाण्डु, १५ कात्तिक– नेपाली राष्ट्रिय महिला फुटबल टिमकी फरवार्ड साबित्रा भण्डारी (साम्बा) व्यवसायिक फुटबल खेल्न फ्रान्स प्रस्थान गरेकी छन् ।
साफ महिला च्याम्पियनसिप–२०२४ सकिएलगत्तै उनी बिहीबार बिहान फ्रान्स उडेकी हुन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको उपाधि भिडन्तमा नेपाल बंगलादेशसँग २–१ गोल अन्तरले नेपराजित भएको थियो ।

यसअघि भारतविरुद्धको सेमिफाइनलमा नेपाललाई उपाधि भिडन्तसम्म पु¥याउन साबित्राको गोल निर्णायक भएको थियो ।

त्यससँगै उनले स्वदेश तथा विदेशमा चर्चा चुलिएको छ । सेमिफाइनलमा भारतविरुद्ध एक गोलले पछि परेको नेपाली टोलीलाई बराबरी गोल फर्काउँदै उनले पेनाल्टीसुटमा लगेकी थिइन् । पेनाल्टी सुटआउटमा पनि उनले एक गोल गरिन् ।

साबित्रा फ्रान्सको शीर्ष श्रेणीको महिला फुटबल लिग प्रिमियरामा इए अभान्ट गुएग्याप क्लबबाट खेलिरहेकी छन् ।

उनी साफ च्याम्पियनसिप खेल्न नेपाल आएकी थिइन् । सेमिफाइनल र फाइनल गरी तीन खेलमा भाग लिएकी साबित्राले टिमका लागि दुई गोल गरिन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us