भुटानले बेच्यो करिब ३३.५ मिलियन डलर बराबरको बिटक्वाइन

काठमाण्डु टुडे २०८१ मंसिर १ गते १८:५६ मा प्रकाशित

काठमाण्डु, १ मंसिर– भुटानले ठूलो मूल्यको बिटक्वाइन बिक्री गरेको छ ।

भुटान सरकारले करिब ३३.५ मिलियन अमेरिकी डलर बराबरको ३ सय ७६ वटा बिटक्वाइन बेचेको हो । बिटक्वाइनको सञ्चिती अधिक भएपछि भुटानले बिक्री गरेको समाचारमा उल्लेख छ । भुटान सरकारसँग १३ हजारभन्दा बढी बिटक्वाइनहरू छन् ।

यी बिटक्वाइनहरूको मूल्य ७५ करोड डलरभन्दा धेरै छ । संयुक्त राज्य अमेरिका, चीन, संयुक्त राज्य बेलायत र युक्रेनपछि बिटकोइन संकलन गर्ने भुटान विश्वकै अग्रणी मुलुक हो ।

भुटान विश्वमा बिटक्वाइन माइनिङ गर्ने राष्ट्रमा भुटान चौथो नम्बरमा छ । घट्दो बजारमा बिटक्वाइन जम्मा गरेका मुलुकहरुले हालैको बुल बजारबाट प्रसस्त फाइदा लिइरहेका छन् ।

क्रिप्टोकरन्सीको लोकप्रियता पछिल्ला केही वर्षमा तीव्र गतिमा बढेको छ । केही देशका सरकारले यस बजारको सबैभन्दा मूल्यवान क्रिप्टोकरेन्सी बिटक्वाइनमा पनि लगानी गरेका छन ्।

क्रिप्टोस्लेटले जनाएअनुसार भुटानसँग जोडिएको क्रिप्टो वालेटहरूमा लगभग १५ लाख डलर मूल्य बराबरका ६ सय ५० भन्दा बढी इथरियम पनि छन् । बिटक्वाइनको सबैभन्दा ठूलो कारोबार गर्ने मुलुक अमेरिका हो । अमेरिकामा २ लाख १३ हजार २ सय ४० भन्दा बढी बिटकोइन छन् । त्यसपछि चीनमा १ लाख ९० हजार बिटक्वाइन छन् ।

बिटक्वाइन धेरै भएको देशमध्ये चौथो नम्बरमा रहेको भुटानमा सरकारी कम्पनीहरुसँग १३ हजार २९ बिटक्वाइन छ ।
भुटानले धेरै वर्षदेखि बिटक्वाइन माइनिङ गरिरहेको छ । सन् २०२३ मा भुटानले हाइड्रो पावरहरुको सहायतामा बिटक्वाइन माइनिङको दर ह्वात्तै बढाएको थियो । बिटक्वाइन एक प्रकारको डिजिटल मुद्रा अर्थात क्रिप्टो करेन्सी हो । यसको कारोबार बैंकमार्फत नभई डिजिटल प्लाटफर्ममार्फत हुन्छ ।

बिटक्वाइनको कारोबार ब्लकचेन नामको विधिद्वारा ट्रयाक गरेर हुन्छ । बिट क्वाइन माइनिङ गर्न डाटा सेन्टरका लागि उच्च क्षमताका कम्प्युटर चाहिन्छ । कसैले बिटक्वाइन दोश्रो व्यक्तिलाई पठाउन चाहेमा त्यसको ट्रान्जेक्सन ब्लकचेनमा रेकर्ड हुन्छ ।

जसलाई माइनिङको प्रक्रियाद्वारा सुरक्षित गरिन्छ । बिटक्वाइन एक प्रकारको डिजिटल मुद्रा हो । बिटक्वाइनको लेनदेन ब्लकचेन भन्ने प्रविधि द्वारा गरिन्छ ।
भुटानले विगत १० वर्षभन्दा अघिदेखि बिटक्वाइनको माइनिङ गर्दै आएको छ । बिटक्वाइन माइनिङ गर्न डाटा सेन्टरका लागि उच्च क्षमताका कम्प्युटर चाहिन्छ । जसमा अत्याधिक विद्युत खपत हुन्न । बंगलादेशले आफूले उत्पादन गरेको विद्युत बिटक्वाइन माइनिङमा प्रयोग गर्दै आएको छ ।
भुटानसँग १३ हजार विटक्वाइनको भण्डार छ । यसको हालको बजार मूल्य ७ सय ८० मिलियनभन्दा बढी छ । भुटानले विटक्वाइनलाई रणनीतिक मुद्रा भण्डारणका रुपमा प्रयोग गर्दै आएको छ ।

भुटानले नवीकरणीय ऊर्जा (जलविद्युत) लाई क्रिप्टो करेन्सी माइनिङमा प्रयोग गर्दै आएको छ । क्यानडा र आइसल्याण्डबाट प्रभावित भएर भुटानले क्रिप्टो करेन्सी माइनिङमा सस्तो ऊर्जा श्रोत प्रयोग गर्दै आएको छ । भुटानमा विटक्वाइनको कारोबारमा विदेशी लगानीकर्ता धेरै छन् । भुटानले डिजिटल मुद्रा र ब्लकचेनको प्रयोगलाई उच्च प्राथमिकतामा राखेको छ ।

विकसित मुलुकहरुले वैकल्पिक मुद्राका रुपमा बिटक्वाइन कारोबारलाई वैधानिक बनाइसक्दा नेपालमा भने कानून अभावको कारण देखाउँदै बिटक्वाइन कारोबारलाई नियन्त्रित गरिएको छ । जलविद्युत उत्पादकहरुले देशभित्रै ऊर्जा खपत हुने भएकाले विटक्वाइन माइनिङ गर्न दिइनुपर्ने आवाज उठाउँदै आएका छन् । विट क्वाइन माइनिङ गर्न दिइए देशभित्रै विद्युत खपत उच्च हुने र सस्तो दरमा भारत वा बंगलादेशको बजारमा विद्युत निर्यात गर्नै नपर्ने तर्क उनीहरुको छ ।
तर, सरकारी निकाय कानून अभावको कारण देखाउँदै पन्छिने गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us