
काठमाण्डु, ४ मंसिर– चालु आर्थिक बर्षको असोज महिनामा हालसम्मकै उच्च १ खर्ब ४४ अर्ब रेमिट्यान्स भित्रिएको छ ।
एक महिनामा भित्रिएको यो रेमिट्यान्स हालसम्मकै उच्च हो । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको वित्तीय विवरणअनुसार साउन, भदौ र असोज महिनामा कुल ४ खर्ब ७ अर्ब ११ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ।
साउन र भदौमा कुल २ खर्ब ६३ अर्ब १४ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्र्याउन सफल भएको थियो ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनामा भित्रिएको रेमिट्यान्स गत आवको सोही अवधिको तुलनामा ११.५ प्रतिशत बढी रहेको राष्ट्र बैंकले जानकारी दिएको छ ।
अमेरिकी डलरमा तीन महिनामा ३ अर्ब ४ करोड रेमिट्यान्स भित्रिएको छ ।