दक्षिण एसियामै भारतपछि राम्रो देखियो नेपालको सार्वभौम साख रेटिङ

काठमाण्डु टुडे २०८१ मंसिर ६ गते २०:५७ मा प्रकाशित

काठमाण्डु, ६ मंसिर– नेपालको सार्वभौम साख मूल्याङ्कन (सोभरेन क्रेडिट रेटिङ) भएको छ ।

उक्त रेटिङमा नेपालले ‘बीबी माइनस’ रेटिङ ग्रेड पाएको छ । सरकारले सार्वभौम रेटिङको जिम्मेवारी अन्तर्राष्ट्रिय संस्था ‘फिच क्रेडिट रेटिङ’ लाई दिएको थियो । फिचले हालै सो नतिजा बुझाएको हो ।

नेपाललले छिमेकी भारतको भन्दा दुई स्थान तलको रेटिङ प्राप्त गरेको छ । दक्षिण एसियाका अन्य देशको चुलनामा भने यो राम्रो रहेको अर्थ मन्त्रालयले जनाएको छ ।
नेपालमा वस्तु तथा सेवाको खरिदका लागि चाहिने विदेशी मुद्रा सञ्चितिको अवस्था मजबुत रहेको तथा अर्थतन्त्र शिथिलताबाट क्रमशः माथि उठ्दै गएकाले आर्थिक वृद्धिदर बढ्ने आधारमा उक्त रेटिङ प्रदान गरिएको फिचको भनाइ छ ।

साख मूल्यांकन भएपछि अब विदेशी लगानीकर्ताका लागि नेपालमा राम्रो अवसर भएको सन्देश जानेछ ।

बीबी माइनसदेखि माथिको सार्वभौम रेटिङ भएको मुलुक लगानीका लागि राम्रो मानिन्छ । त्यसभन्दा तलको रेटिङलाई उच्च जोखिमयुक्त मानिन्छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us