
एजेन्सी- भारतीय अर्बपति गौतम अदानीको सम्पत्ति एकै दिन १५ अर्ब अमेरिकी डलरले घटेको छ ।
अमेरिकाको न्योर्कस्थित अदालतले सौर्य ऊर्जाको ठेक्का पाउन भारतीय अधिकारीलाई २५ करोड डलर घूस प्रस्ताव गरेको कसुरमा मुद्धा दायर गरेपछि नाटकीय रुपमा केही घण्टामै उनको सम्पत्ति घटेको हो ।
अदीनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिन्छ । अदानीको लगानी रहेका कम्पनीको सेयरमा बिहीबार भारी गिरावट आएको छ ।
अमेरिकाले गौतम अडानी र उनका भतिजासहितलाई भ्रष्टाचार गरेको र सरकारी छानबिनमा अवरोध गरेको आरोप लगाइएको छ ।
द वायरका अनुसार ९ हजार मेगावाटको सौर्य ऊर्जा परियोजनाको ठेक्का अदानीलाई मिलाउन २५ करोड डलर घूस दिएको आरोप भारतीय कम्युनिष्ट पार्टीले २०२१ मै लगाएको थियो ।
भारतीय राष्ट्रिय कंग्रेसका नेता राहुल गान्धीले अदानीलाई तत्काल पक्राउ गर्न माग गरेका छन् । गान्धीले प्रधानमन्त्री मोदीलाई अदानी र अम्बानी समूहले चलाएको आरोप लगाउंदै आएका छन् ।