१५ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार

काठमाण्डु टुडे २०८१ मंसिर १० गते १७:३५ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– साताको कारोबारको दोस्रो दिन आज सोमबार सेयर बजार परिसूचक नेप्से १५.८३ अंकले वृद्धि भएको छ ।

सो अंकको वृद्धिपछि नेप्से २६८३ अंकमा कायम भएको छ । कारोबार रकम भने घटेको छ । अघिल्लो दिन ७ अर्ब ७२ करोडको कारोबार भएकोमा ६ अर्ब ३४ करोडको भयो ।

कुल १६९ कम्पनीको मूल्य बढ्दा ६७ को घट्यो भने ९ को स्थिर रह्यो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै २.२७ प्रतिशत बढ्यो ।

त्यस्तै बैंकिङ ०.११, विकास बैंक १.२१, होटल तथा पर्यटन १.२४, हाइड्रोपावर ०.४४, लगानी १.०५, जीवन बीमा ०.२३, माइक्रोफाइनान्स ०.१९, निर्जीवन बीमा १.२७, अन्य १.६८ र व्यापार समूह ०.०९ प्रतिशत बढे ।

उत्पादन समूह ०.२३ प्रतिशत घट्यो । बेस्ट फाइनान्स र सुपरमादी हाइड्रोपावरको मूल्य ९.९ प्रतिशत बढ्यो ।

कर्पोरेट डेभलपमेन्ट बैंकको ९.८, स्वाभिमान लघुवित्तको ९.७, सप्तकोशी विकास बैंकको ९.६, विन्ध्यबासिनी हाइड्रोपावरको ८.५, एनएलजी इन्स्योरेन्सको ७.४, थ्रीस्टार हाइड्रोपावरको ७.२ प्रतिशत मूल्य बढ्एको नेप्सेले जनाएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us