एनपीएलको टिकट दर सार्वजनिक

काठमाण्डु टुडे २०८१ मंसिर १० गते २१:०२ मा प्रकाशित

काठमाण्डु, १० मंसिर– नेपाल प्रिमियर लिग (एनपीएल) को टिकट दर सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले आगामी १६ मंसिरदेखि हुने एनपीएलको टिकट दर सोमबार सार्वजनिक गरेको हो । उद्घाटन खेलका लागि साधारणलाई ३ सय र भीआईपीलाई ७ सय तोकिएको क्यानले जनाएको छ ।

अन्य लिग खेलका लागि ३ सय र पाँच सय तोकिएको छ । प्लेअफ खेलको दिन ५ सय र ७ सय तोकिएको छ । फाइनल खेलको दिनमा भने सर्वसाधारणले ५ सय र भीआईपीले १ हजार तिर्नुपर्ने छ ।

क्यानले सिजनल पास २० प्रतिशत छुट गरी साधारणतर्फ ४ हजार ४८० कायम गरेको छ । भीआईपीतर्फ ८ हजार २ सय ४० कायम गरेको प्रवक्ता छुम्बी लामाले बताए ।

मंसिर १५ देखि पुस ६ गतेसम्म त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान, कीर्तिपुरमा ८ फ्रेन्चाईज टिमहरूबीच एनपीएल क्रिकेट प्रतियोगिता हुँदैछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us